कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा विशेष भेला गर्ने
काठमाडाैं | मंसिर १०, २०८२
तस्बिर फाइल
काठमाडौं: नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा विशेषा भेलाको आयोजना गरेको छ।
बुधबार दिउँसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए।
भेलामा काठमाडौँ बाहिरबाट पनि सयौँको संख्यामा नेता कार्यकर्ताहरु आउने अर्का नेता मनोजमणी आचार्यले बताए।
जेन्जी आन्दोलन लगत्तै पार्टीको सुधार र पुनर्गठन गर्नुपर्ने र त्यसका लागि चुनाव अगाडि नै महाधिवेशन गर्नु पर्ने माग गर्दै आएका नेता तथा कार्यकर्ताहरुले नियमित महाधिवेशन नहुने संभावना देखेपछि विषेश महाधिवेशनको माग गरेका हुन।
उनीहरुले विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर पार्टीका कार्यवहाक सभापति पूर्णवहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए।
काँग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा ३ महिना भित्रका विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ।
सोअनुसार आगामी पुष २८ भित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतामा काँग्रेस परेको छ।
वहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको माग बमोजिम महाधिवेशन गर्ने निर्णय काँग्रेस केन्द्रीय समितिले गर्नुपर्नेमा अनिर्णित भइरहेकाले केन्द्रीय समितिलाई दवाव दिन आज विशेष भेला आयोजना गरिएको भेलाको तयारी गरिरहेका काँग्रेसका अर्का नेता युवराज पाण्डेले जानकारी दिए।
उनले भोली बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको निर्णय नभएमा महाधिवेशन माग गर्नेहरुले नै महाधिवेशन घोषणा गर्ने सन्देश भेला मार्फत दिने बताए।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

